You are viewing the translated version of बाह्य मूल्याङ्कन गरिने.

Section 61
बाह्य मूल्याङ्कन गरिने
(१) विश्वविद्यालय परिषद्ले प्रत्येक तीन वर्षमा विश्वविधालयबाट भए गरेका काम कारबाही, साधन र स्रोतको प्रयोग तथा प्राप्त उपलब्धि लगायतका विषयमा तोकिए बमोजिम बाह्य मूल्याङ्कन गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको बाह्य मूल्याङ्कनको प्रतिवेदन विश्वविद्यालय परिषद्‌ समक्ष पेश गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको मूल्याङ्कन प्रतिवेदन विश्ववि्धालय परिषद्ले तीन वर्षको अवधि समाप्त भएको मितिले छ महिनाभित्र मन्त्रालय मार्फत्‌ नेपाल सरकार समक्ष पेश गर्नेछ।
(४) उपदफा (३) बमोजिमको प्रतिवेदन नेपाल सरकार समक्ष पेश भएपछि त्यस्तो प्रतिवेदन विश्वविद्यालयले सार्वजनिक गर्नेछ।